२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधि सभाको बैठक फेरि स्थगित




२५ माघ ०७८, काठमाडौं । बुधबार तय भएको प्रतिनिधि सभाको बैठक ६ दिनका लागि सरेको छ। प्रतिनिधि सभाको बैठक फागुन २ गते सम्मका लागि स्थगित गरिएको हो।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले सरकारको आग्रहमा बुधबार बस्ने तय भएको प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

संघीय संसद् सचिवालयले बुधबार बस्ने बैठकका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको थियो। सम्भावित कार्यसूचीमा अमेरिकी आर्थिक सहायता (एमसीसी) सम्झौता अटेको थिएन।

सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदीय प्रक्रिया (प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने प्रक्रिया) अगाडि बढाउन खोजेको चर्चा चलेको बेला बैठक फेरि स्थगित भएको हो। यसअघि पनि प्रतिनिधि सभा बैठक १० दिन सारेर २६ गतेका लागि तय भएको थियो।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।