२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख  




२५ माघ ०७८, ललितपुर ।  वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ । छातिमा समस्या भएपछि आज दिउँसो उहाँलाई ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

छातीमा निमोनिया देखिनाका साथै उहाँमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा काम भएर स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए । उनले भने, “उहाँमा कोरोना भए नभएको जानकारी पाउन आज हामीले कोरोना परीक्षण गरेका थियौँ तर रिपोर्ट भने आउन बाँकी नै छ ।” अहिले उहाँमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको बज्राचार्यले बताए ।

जोशीलाई निमोनियाको औषधि दिएर अस्पतालमा आज राति पनि राखिने बज्राचार्यले जानकारी दिए । जोशी गत वैशाख ३० गतेदेखि १०० वर्षमा हिँड्दै छन् । जोशीका साथै उहाँकी धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान गरिसकेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : ०६ बजे