२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको फोक्सोमा पानी, मुटुमा समस्या



फाइल तस्बिर

२७ माघ ०७८, ललितपुर । ललितपुरको एक नीजि अस्पतालमा उपचार गराइरहेका वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीका फोक्सोमा पानी जमेको पाइएको छ । अस्पतालका अनुसार उनको फोक्सोमा पानी जमेको अवस्थामा प्लुरल टयापिङ् गरिएको छ ।
साथै उनलाई निमोनिया संक्रमण भएको छ । डाक्टरहरुका अनुसार उनको मुटुमा समेत समस्या छ । उनमा पोष्टेट समस्याका कारण युरिन इन्फेक्सन छ । साथमा उनको चेष्ट फिजियो थेरापी गरिएको छ ।
केरोना परिक्षण गरिएकोमा उनमा संक्रमण भने देखिएन ।
प्राध्यापक डाक्टर सुरज बज्राचार्यका अनुसार जोशीको अक्सिजन लेभल ९६ छ । पल्स रेट ७८,व्लड प्रो.सर १ सय वाई ६० रहेको छ ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि गतमंगलबार अस्पताल भर्ना गरिएको थियो ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ५ : ५३ बजे