१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘उपमेयर भएर आउँदा सुरुमै हेपाई खानु पर्याे’



मुना अधिकारी, गोदावरी नगरपालिका ललितपुरकी उपमेयर हुन् । संविधानसभाले बनाएको नयाँ संरचना स्थानीय निकायको पहिलो कार्याकालमा उपमेयर निर्वाचित भएकी अधिकारीसँग स्थानीय प्रशासनमा महिला जनप्रतिनिधि भएर काम गर्दाका अनुभव सम्बन्धमा कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसँगको छलफलको सम्पादित अंश :
महिलाको रुपमा उपमेयरको नेतृत्व सम्हाल्दा ५ बर्षमा कस्ता कस्ता चुनौती सामना गर्नुभयो ?
जनताको अपेक्षा सिधा बजेटमा हुने रहेछ । धेरैको बुझाई मेयरपछि उपमेयरले काम गर्ने भन्ने बुझाई रहेछ । तर उपमेयरको जिम्मेवारी न्यायिक समिती, अनुगमन लगायत हुन् । उपमेयरले राजस्व परामर्स, जग्गा जमिनको किचलो मिलाउने लगायतका काम पर्छन् । न्यायिक समितीले सबै मुद्दाहरु टुंगो लगाउन भने सक्दैन ।
उपमेयर महिला रहेको अवस्थामा कार्यालयमा कर्मचारी र जनप्रतिनिधिहरुको व्यावहार कस्तो थियो । राजनीतिक महिला जनप्रतिनिधि भएकै कारण अप्ठ्यारो त भएन ?
सुरु सुरुमा मलाई धेरै अप्ठ्यारो भयो । मैले सबै वडा चिनेको थिइन । म एक्कासी जनप्रतिनिधि भएर आउदा मेलै धेरै दिदी बहिनी दाजुभाइृहरुलाई भेटेको थिइन । निर्वाचनमा पनि ७ दिन भोटमा माग्नेभन्दा अरुसँग भेट भएको थिएन ।
पहिले पहिले कार्यालयमा जनताहरु आउनु हुन्थ्यो म डिल गर्न पनि सक्ने थिइन । जनताको अपेक्षा पैसासँग हुने रहेछ । तर उपमेयरसँग कुनै बजेट थिएन ।
मैले अहिले विभिन्न संघ संस्थाहरुसँग जोडेर उहाँहरुको माग पुरा गराई दिएको छु । सिप भन्दा पनि सिंलाई मेसिन, साडीको बुट्टा भर्नेहरुका लागि तानजस्ता सरसामान उपलव्ध गराएको छु ।
५ वर्ष पुरा भएको अवस्थामा महिलाहरुको अवस्थामा कुनै परिवर्तन आएको छ ?
५ वर्षको अवधिमा धेरै महिलाहरुको अवस्थामा परिवर्तन आएको छ । म उपमेयर भएर हिडिरहँदा घमण्डी भएर होइन कि सबै संग घुलमिल भएर हिडेको छु ।
उहाँहरुमा मेरो व्यावहारले यतिको मान्छेले त गर्दो रहेछ म पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास आएको देखेका छु । महिलाहरु सक्षम भएर आउनुपर्छ । आउनु हुन्छ भन्ने लाग्छ ।
महिला पछिल्लो समय सक्षम हुँदै आएका छन् भने चुनौती पनि छ । घरबाहिरबाट सहयोग हुनु जरुरी छ । समाजका सबैले महिलालाई संरक्षण गर्नुपर्छ ।

महिलाहरु राजनीतिक रुपमा सवल भइ सकेका हुन् ?
अहिलेका युवा पिढीहरु विदेशतिर लागेका छन् । यहाँ भएका महिलाहरुले यो धान्न सक्दैनन कि भन्ने लाग्छ । महिला रातको १२ बजे पनि घर बाहिर निस्कन सकेनन् भने केही हुदैन । एउटा पुरुष राती १२ बजे आउँछ भने महिला राती १२ बजे घरबाट निस्किन सक्दिन । रातको समयमा पुलिस केस गर्नु प¥यो । अथवा अरु केही काम गर्नु प¥यो यो समाजले त्यो महिलालाई कसरी हेर्छ ? महिला सक्षम हुन समाजको धारणा परिवर्तन हुनु जरुरी छ । पढाई लेखाई मा महिला पनि पुरुष जतिकै सक्षम छन् ।
राजनीतिक पार्टीले महिलालाई अघि बढाउन सकेको छ त ?
राजनीतिक पार्टीमा फस्र्ट पर्सन पुरुष हुँदा हरेक मुख्य जिम्मेवारीमा उनीहरुकै हुने गर्छ । महिलाले दावी गरे पनि तिम्रो अहिले बेला भएको छैन भनेर पछि हटाइन्छ ।
पार्टीमा क्रियाशित सदस्यता दिदा पनि पहिले नै त्यो घरबाट पुरुषको सदस्यता हुँदा महिलालाई पनि दिन नमान्ने प्रवृत्ति छ । पुरुष निस्केको घरबाट महिलालाई पनि ठाँउ नदिने हो भने कसरी समानता हुन्छ ।
नराखी नहुने संविधानले तोकेको ठाँउमा चाहि महिलालाई जिम्मेवारी दिइएको छ । संविधानले नै नतोकेको भए महिलाले ठाँउ पाउने थिएनन ।
पहिलेको दाजोमा अहिले महिला अघि आएका छन् । यसरी नै अघि बढे भोलिका दिनमा बराबर हुने अवस्था आउँछ ।

तपाईले जिम्मेवारी पाए अनुरुप उपमेयरको जिम्मेवारी राम्रोसँग निभाउनु भएको छ ?
बजार अनुगमन चाही खासै चुस्त रुपमा गर्न सकिएको छैन । जनगुनासो आधारमा अनुगमन गर्ने हो । जनगुनासो नै नआएपछि अनुगमन नगरेको हो । न्यायिक समितीमा मैले गरेको निर्णयहरुमा रिस राग चाही राखेको पाएको छैन । मैले कानूनी सल्लाह लिएर काम गर्ने गरेको छु । न्यायिक समितीको फैसलाको सन्दर्भमा कतिपय मेरा भोटरले न्याय दिदा मैले भोट हालेको छु तर मलाई सहयोग गर्नु भएन भन्ने बुझेको छु । तर मैले गल्ती भएको ठाँउमा सम्झाउने गरेको छु ।
पारिवारिक मुद्दामा सम्बन्ध विच्छेद हुने अवस्था रोक्ने काम गरेको छु । बलात्कारको मुद्दामा अपराधिलाई सजाय दिने काम गरेको छु । धेरै काम गर्न सकेको छु । अझै धेरै का मगर्न सकिन्थ्यो कि भन्ने लाग्छ ।
महिलाले जिम्मेवारी पाएको खण्डमा सबै काम गर्न सक्छन् ।
राजनीतिमा अघि बढ्न महिलाले के गर्नु जरुरी छ ? राजनीतिमा आउन चाहने महिलालाई के सल्लाह दिनु हुन्छ ?
राजनीति भनेको समाज सेवा हो । समाजसेवाको विषयमा बुझ्नु प¥यो । सक्षम हुनु प¥यो ।
तलिम जरुरी छ । महिलाको राजनीतिक सर्कल पनि जरुरी छ । भाषणकला भन्दा पनि काम गर्ने शैली जरुरी छ । घमण्डी हुने, अरुलाई डोमिनेट गर्ने भन्दा पनि सबैसँग घुलमिल हुने, समाजमा प्रभाव हुनु पर्छ ।

महिला उपमेयर भएर आउँदा कार्यालयमा कस्ता अप्ठ्यारा भोग्नु पर्ने रहेछ ?
सुरुमा म आउँदा धेरै नै हेपाई अनुभव गर्नु प¥यो । म नितान्त नीजि क्षेत्रबाट आएको मान्छे हुँ । मलाई यहाँ भित्रको प्रशासनिक क्षेत्रदेखि लिएर कार्ययोजनाका विषयमा मलाई केही थाहा थिएन । त्यो बेला कर्मचारीले जनप्रतिनिधिलाई यतिसम्म हेपाई खानु पर्ने रहेछ भनेर बुझे ।
अहिले सबैसँग चिनजान र अनुभव हुँदै आयो । जनताले काम लिएर आउँदा काम नभए आफै अगाडि बढेर काम गराएको छु ।
मेयर र उपमेयरमा फरक छ । जिम्मेवारी फरक छ । तर कतिपय ठाँउमा मैले परिवर्तन गरेको छु । त्याहाका जनताले गुनासो गर्नु हुन्न भने केही थाहा हुँदैन ।
तपाईहरुले जिम्मेवारी लिएपछि गोदावरी नगरमा के कस्तो परिवर्तन आएको छ ?
धेरै परिवर्तन आएको छ । थोरै बजेटमा धेरै काम गरेका छौं । एउटा वडाबाट अर्को वडा जोड्ने बाटोलाई प्राथमिकता दिएका छौं । सन्तानेश्वर, बज्रवाराही,विशंखुनारायण,नवदुर्गा मन्दिर,तिलेश्वर, लेले मनकामनालगायत मन्दिरहरु पुर्ननिर्माण गरेका छौं ।
तपाईहरु पनि यही ठाँउमा बस्नु हुन्छ देखिरहनु भएकै होला । आगामी दिनहरुमा धार्मिक पर्यटकीय स्थल बनाउन अरु योजना पनि अघि बढ्नेछन् ।
कोरोना महामारी, नयाँ स्थानीय निकायको संरचना र नयाँ कार्याकाल भएकाले भने जसरी काम गर्न सकिएन । त्यसैले कार्याकाल दोहो¥याउने विचार गरेको छु ।

 

 

 

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १० : २६ बजे