१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको स्वास्थ्यवस्था क्रमिक सुधार




२८ माघ ०७८, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि माघ २५ गते किस्ट मेडिकल कलेजमा भर्ना भएका जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।
विगत २४ घण्टादेखि अक्सिजनको आवश्यकता पनि घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको अस्पतालले जनाएको छ । जोशीलाई निमोनिया संक्रमण र मुटुमा समस्या भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ४६ बजे