१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रहरी हुँ भन्दै लुट्ने युवक काठमाडौंबाटै पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२९ माघ ०७८, काठमाडौं । प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ६ कुशल ब्याङ्केट अगाडि दुईजना ब्यक्तिहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा आफूलाई प्रहरी बताउने २ जना ब्यक्तिहरुले धाक धम्की दिई निजहरुलाई लागूऔषध कारोबारी भएको भनी बौद्धस्थित एक होटलको कोठामा लगि नगद ६० हजार रुपैयाँ र २ थान मोबाइल लुटि लगेका भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गरेको हो ।
प्रहरीले सुजनको साथबाट नगद १० हजार रुपैयाँ, २ थान मोबाइल र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय–पत्र १ थान समेत बरामद गरेको छ ।
उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : १८ बजे