११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालकुमारी मन्दिरमा साइरनसहितको सुरक्षायन्त्र जडान गरिँदै




२ फागुन ०७८, सुनाकोठी । ललितपुरको सुनाकोठीस्थित बलकुमारीको मन्दिरमा साइरनसहितको सुरक्षायन्त्र जडान गरिने भएको छ । मन्दिरमा रहेको तीन सय वर्ष पूरानो बालकुमारीको मुर्ति करिब तीन साताअघि हराएको थियो । हराएको मुर्ति खोज्न सरकारले विशेष अनुशन्धान टोली परिचालन गरेको थियो । उक्त टोलीले २० दिनपछि फेला पारेको मुर्ति पुनः चोरी नहोस् भनेर साइरनसहितको सुरक्षायन्त्र जडान गर्न लागिएको हो । चोरी भएको मुर्ति सातदोबाटोनजिकबाट फेला परेको थियो ।

ललितपुर महानगर–२६ का वडाध्यक्ष बाबुराजा महर्जनले स्थानीय जनप्रतिनिधि गुठियार र बालकुमारी मन्दिरका भलाद्मीहरूको बैठकले मन्दिरको ढोकामा डोर सेन्सर, साइरन र जिपिएसलगायतका सुरक्षा प्रविधि अपनाउने निर्णय भएको बताए । सीसीटीभी जडान गर्ने तयारी हुँदै गर्दा मूर्ति चोरी भएको महर्जनको भनाइ छ । उनले भने, ‘हामीले मूर्ति चोरी भएपछि अन्डरलक समेत राखिसकेका छौं ।’

मूर्ति चोरी हुनुअघि मन्दिर प्रवेशद्वारमा नौ वटा ताला फोरेर मूर्ति चोरिएको मन्दिरका भलाद्मी पुनिराज महर्जनले बताए । उनका अनुसार मूर्ति चोरी भएपछि मन्दिर परिसरमा सीसीटीभी जडान भइसकेको छ ।

बैठकमा महानगरका वडाध्यक्षहरू सुरेश महर्जन, बाबुराजा महर्जन, प्रदेश सभासदहरू राजकाजी महर्जन, दिनेश महर्जन, भलाद्मीहरू मन्दिरका पुनिराज महर्जन, नन्नबहादुर महर्जन, जनकराज महर्जनलगायत सहभागी थिए ।

मूर्तिसँगै चाँदीको आधा किलोको चाँदीको जामा सुनको तिलहरीलगायतका सामान भने नभेटिएको भलादमी महर्जनले बताए । उनले भने, ‘अन्य धेरै गरगहना सेफमा राखिएको थियो । ती खजाना भने चोरी भएको छैन ।’

बालकुमारी माई मूर्ति खोजी गर्न खोजीसहित गठन गरिएको थियो । गत ९ माघ राति मन्दिरबाट मूर्ति चोरी भएको थियो भने २८ माघ बिहान सातदोवाटोनजिक मूर्ति छोडिएको अवस्थामा भेटिएको थियो । २०५३ सालसम्म मन्दिरमा ६ जनाले मूर्तिको सुरक्षा दिने गर्थे ।

बलकुमारी माई गुठीको एक सयभन्दा धेरै जग्गा छ । यही गुठीको आम्दानीबाट मन्दिरको जात्रा र भोज चलाइने गरिएको छ । हरेक वर्ष पुसमा यमोरी पुन्ही र चैत पुर्णिमामा बालकुमारीको जात्रा चल्छ ।

मन्दिरमा समुदायकै जेष्ठ नागरिकको परिवारले दैनिक पूजाआजा चलाउने गर्छन । भलाद्मी महर्जनका अनुसार पुजारीले मन्दिरको भेटी संकलन गर्ने अधिकार हुन्छ भने वर्षको डेढ मुरी धान, मकै तलब स्वरुप पाउँछ । बलकुमारी फाँट र बस्तीमा दुइ वटा मन्दिर छ । फाँटमा रहेको मन्दिर आमा र बस्तीको मन्दिरलाई छोरीको रुपमा पुज्ने गरिन्छ ।

न्युज कारखाना

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : ०४ बजे