११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लप्पन छप्पन २’ फागुनमा २० मा रिलिज हुने




२ फागुन ०७८, काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ फागुन २० गते रिलिज हुने भएको छ । चलचित्र निर्देशक मुकुन्द भट्टले चलचित्रको नयाँ रिलिज मिति घोषणा गर्दै आफूले दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन् ।
यसअघि यो चलचित्र फागुन १३ मा रिलिज हुने तय भएको थियो । तर, सो मितिमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने भएपछि निर्माण टिमले नयाँ रिलिज मिति घोषणा गरेको हो ।
नेपाल र विदेशमा छायांकन भएको चलचत्रिमा अनुप विक्रम शाही, सौगता मल्ल, शिव श्रेष्ठ, अर्पण थापालगायतका कलाकारको मुख्य भूमिका रहेको छ । एक्सन जनरामा निर्माण भएको चलचित्रको युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ८ : ४२ बजे