८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेको राजीनामाको माग




३ फागुन ०७८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ ।
सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्रख राजिनामाको माग उठेको छ ।
एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’
एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् । यो संवाद एमाले कार्यकर्ता जगत ओलीको फेसबुकबाट सार्वजनिक गरिएको छ ।
यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दको प्रयोग भएकाले ती शव्द हटाइएको छ ।
मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’
युवाः इन्डियातिर छु’
मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार ?’
युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’
मन्त्रीः कस्तो आश ?
युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आक्रोशित हुन सुरु गर्छन)
मन्त्रीः भन नी तेरी मा…. तलाईं मैले के गरेको थिएँ ?’
युवाः के गरेको छु ?
मन्त्रीः तलाई मा…. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’
युवाः आउन त यता आऊँ, बम्बईमा छु म’
मन्त्रीः तेरी मा…. भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा….’
युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर…
मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?
युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर’
मन्त्रीः जे पायो, त्यही लेख्छस मा…कुकुर…तलाईं मा… कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।
युवाः मलाई ? तँ के गर्छस् भन न ?
युवाः त मा… कहाँ छस भन त ?
मन्त्रीः तँ … छोरा होस क्या, त चुतियाँ साले, मु….. ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’
मन्त्रीः त मा…. ट्वालेट सफा गर्छस् …. का छोरा, मलाई सिकाउँछस ?
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?
मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?
मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ….का छोरी ।
युवाः बम्बई भन्या त पहिला तलाईं…अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ?
मन्त्रीः तेरी मा…. तेरो ठेगाना पठा त ?
युवाः अधेँरी छुु, अधेँरी…सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
मन्त्रीः लोकेसन नि पठा त ?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।
यही संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको छ ।

 

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १० : ५९ बजे