१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं बौद्धबाट ३५ करोडमा युरेनियम बेच्न खोज्ने युवाहरु पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

४ फागुन ०७८, काठमाडौं । महानगरपालिका ६ बौद्धस्थित हायत रिजेन्सी होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियमसहित ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ४ घर भई काठमाडौं महानगरपालिका ६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुर महानगरपालिक –१४ घर भएका ६० वर्षीय नवराज महत, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिरहा वरियापारपट्टी गाउँपालिका १ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछनारायण यादव, महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर रहेका छन् ।
काठमाडौं बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई यूरेनियमको संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त पार्किङस्थलमा राखेको बा.५ च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थ सहित भुपेन्द्र र नवराजलाई फेला पारी पक्राउ गरेको थियो ।
उनीहरूसँगकोसोधपुछका क्रममा उक्त पदार्थलाई उनीहरूले भारतबाट ल्याई प्रति केजी ३५ करोड रुपैयाँ मूल्यमा विक्री गर्न लागेको र उक्त कार्यमा अन्य ६ जना व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उक्त कार, बा.२६ प १६२८ नम्बरको मोटरसाइकल, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचयपत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्धामा ७ दिन म्याद थप अनुमति प्राप्त गरी महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : ५१ बजे