८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगर दक्षिणकाली नगरलाई पुर्वाधार निर्माणमा सघाउदै




४ फागुन ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिकाले नगर साझेदारी कार्यक्रमअन्तर्गत दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रममा सघाउने भएको छ । मंगलबार दक्षिणकालीमा दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास गरिएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत यो परियोजनाको काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
साझेदारी कार्यक्रमअन्तर्गत महानगरबाट दिइने अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाउने छे । यो वर्ष सञ्चालन हुने परियोजनाको लागत रु एक करोड २४ लाख रहेको छ । दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न छ क्षेत्रबाट काम भइरहेको बताइएको छ ।
कार्यक्रममा कामपाका प्रमुख शाक्यले उपत्यकाको एकीकृत विकास कार्यक्रमअन्तर्गत उक्त परियोजनालई अघि बढाएको बताए । एक प्रदेश एक भगिनी सहरको नीतिअनुसार विभिन्न पाँच वटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको जानकारी गराउँदै शाक्यले ती नगरलाई पनि उद्यान निर्माण गर्न अनुदान सहयोग गरिएको बताए ।
दक्षिणकाली नगरका प्रमुख बस्नेतले काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गरे । नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम थालनी भएको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ३८ बजे