४ फागुन ०७८, काठमाडौं । मंगलबार राजधानीको बानेश्वरमा संसद बैठक बस्यो । बैठक लगत्तै सभासदहरु विरोधमा मार्सल घेरे अनि मर्यादापालकको हस्तक्षेप भयो । अनि युवाहरु नारावाजी लगाउन थाले संसदीय मयार्दा कायम गर ।
यो दृश्य हो राष्ट्रिय युवा संघ नेपालले नयाँ बानेश्वरमा मंगलबार निकालेको विरोध प्रर्दशनको । संघले सत्ता गठबन्धनले राष्ट्रघाती षड्यन्त्र गरिरहेको, सभामुख अग्नि सापकोटाले चालिरहेको कदम असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेको हो । सरकार र सभामुखको कदमविरुद्ध सदनभित्र भएको गतिविधिलाई उनीहरूले ‘नाटक’का रुपमा प्रस्तुत पनि गरेका थिए ।
लेन्स ः न्युज कारखाना
प्रतिक्रिया