८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसीसीको विरोधमा माइतीघरदेखि बानेश्वरसम्म आज सात वटा कार्यक्रम



फाइल तस्बिर : सुशील नेपाली

४ फागुन ०७८, काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज राजधानी काठमाडौंको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ ।
सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भवना बढेपछि विरोधका कार्यक्रम राखिएका हुन् ।
बिभिन्न राजनीतिक दल, भातृ संगठनहरुले विरोध कार्यक्रमको आयोजना गरेका छन् । विरोध कार्यक्रमका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्ड दिनभरी प्रभावित हुने देखिएको छ ।
एकैदिन धेरै पार्टी तथा भातृ संगठनले विरोधक कार्यक्रम राखेपछि उनीहरुको कार्यक्रमको समय पनि जुधेको छ ।
नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी )र वाइसीएल नेपालले यथास्थितिमा एमसीसी टेवल गर्ने कदम बिरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम राखेको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि विहान ११ बजे विरोध कार्यक्रम गरिने अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएलले जनाएका छन् ।
एमसिसी विरुद्ध जनआन्दोलन २०७८ ले एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगि संसद भवन घेराउ गर्ने कार्यक्रम रोखको छ । यो कार्यक्रम पनि विहान ११ बजे माइतघर मण्डलाबाट सुरु हुने जनाइएको छ ।
पूर्व सुरक्षाकर्मी परिषद र नेपालका लागि नेपाली पार्टीले एमसिसीको विरोधमा मौन जुलुसको आयोजना गरेको छ । मौन जुलुस विहान साढे ११ बजे माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ ।
हाम्रो नेपाल हामी नेपाली अभियानले पनि एमसिसीको विरुद्ध विरोध प्रदर्शन आयोजना गर्दैछ । मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट अभियानले विरोध प्रदर्शन सुरु गर्ने जनाएको छ ।
राप्रपाका भातृसंगठनहरूले एमसिसी विरुद्ध बृहत विरोध प्रदर्शन गर्ने जनाएका छन् । मध्यान्ह १२ बजे बबरमहलमा जम्मा भइ संसदभवन नयाँ बानेश्वरसम्म नारा लगाउँदै जाने उनीहरुको कार्यक्रम छ ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शनको कार्यक्रम राखेको । कार्यक्रम मध्यान्ह १२ बजेत सुरु हुने जनाइएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसीको बिरोधमा संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : २५ बजे