१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एउटै कुकुरको टोकाइबाट २० जना घाइते



©lalitpurkhabar.comshyam phuyal

५ फागुन ०७८, महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् । बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै बसिरहने एक कुकुरले टोकेर स्थानीयवासी २० जनालाई घाइते बनाएको हो ।
विगत तीन÷चार दिनको अवधिमा सो कुकुरले स्थानीय चन्दु ठाकुर, रामआश्रे मण्डल, रमेश ठाकुरसहित आठ महिला र १२ पुरुष गरी २० जनालाई टोकेर घाइते बनाएको स्थानीयवासी चन्देश्वर साहले बताए । घाइतेहरूले जिल्ला अस्पताल जलेश्वरमा उपचार गराएका छन् । स्थानीयवासीले सो कुकुरलाई नियन्त्रण गर्न जलेश्वर नगरपालिकासँग माग गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।