५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा एकैदिन १५ सय ७७ सवारी चालकमाथि कारवाही



फाइल तस्विर

५ फागुन ०७८, काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५७७ जना सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
ट्राफिक प्रहरीले बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरेको हो ।
महानागरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना छन् ।
ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने १८ जना, मदिरा पिएर सवारी साधन चलाउने ४३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकहरूलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १२ : ४० बजे