५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एमाले ललितपुरको चुनावी अभियान सुरु




५ फागुन ०७८, ललितपु्र । नेकपा एमाले ललितपुरले चुनावी अभियान सुरु गर्ने भएको छ ।
सातदोवाटोस्थित एक पार्टी प्यालेसमा बसेको एमाले ललितपुरको पहिलो पूर्ण बैठकले मेरो वडा जिताउछु मेरो पालिका, म जिताउछु अभियान टोल अभियान सुरु गर्ने निर्णय गरेको हो ।
एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल सहभागी सो बैठकले अभियान सुरु गर्ने निर्णय गरेको एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले बताए ।
केरोनाको तेश्रो लहर आएसँगै जिल्ला पार्टीको बैठक बस्न सकेको थिएन । सरकारले बैशाख ३० गते स्थानीय निकायको निर्वाचन घोषणा गरेसँगै जिल्लामा एमालेले निर्वाचन अभियान सुरु गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै ललितपुरका चुनावी अभियान सुरु गर्ने पहिलो पार्टी एमाले भएको छ । एमालेले केही दिन अघि औपचारिक रुपमा मेरो वडा म जिताउछु, मेरो पालिका म जिताउछु अभियान सुरु गर्ने निर्णय लिएको थियो ।
निर्वाचन आयोगले आज स्थानीय निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता सुरु गरिरहेको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  २ : ०३ बजे