८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्ता गठबन्धनको बैठकबाट बाहिरिए माधव नेपाल र झलनाथ खनाल



५ फागुन ०७८, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल बाहिरिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी पाँच बजेपछि सुरु भएको गठबन्धनको बैठकबाट एकीकृत समाजवादीका नेता बाहिरिएका हुन् । उनीहरूले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया भने दिएका छैनन् । अन्य नेताहरूबीच भने छलफल जारी रहेको छ ।
गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने बताइएको छ ।
बैठकमा कांग्रेसको तर्फबाट प्रधामन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण प्रसाद सिटौला सहभागी छन् ।
यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल सहभागी थिए । जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने अडानमा छन् । प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा छन् । एमसीसीलाई कसरी अगाडी बढाउने भन्ने बारे आजको बैठकले निष्कर्श निकाल्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ८ : ०७ बजे