५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मध्यपुरथिमिमा पहिलो राष्ट्रिय नृत्य दिवस हुँदै



फाइल तस्विर

५ फागुन ०७८, काठमाडौं । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कुमारी पार्कमा नेपालकै प्रथम राष्ट्रिय नृत्य महोत्सव हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको सहयोग एवं सहकार्यमा नृत्य निर्देशक सङ्घ नेपालको आयोजनामा देशभरका ५४० जना नृत्य निर्देशक एवं कलाकारको सहभागितामा भोलि ६ गते प्रथम राष्ट्रिय नृत्य दिवसको आयोजना गरिने सङ्घका केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठले आज जानकारी दिएका छन् ।
सातवटै प्रदेशबाट सहभागीहरू आजदेखि आउने क्रम जारी रहेको बताउँदै उनले भोलि बिहान १० बजे शङ्खधर चोकबाट सुरु हुने झाँकीसहितको ¥यालीमा ४० जिल्लाका कलाकारको झाँकी प्रदर्शन हुने जानकारी दिएका छन् । उनका अनुसार ३० जिल्लाका कलाकार एवं नृत्य निर्देशनहरूले कुमारी पार्कमा आफ्नो नृत्य प्रदर्शन गर्नेछन् ।
कार्यक्रममा मध्यपुरथिमिमा नृत्य एवं सांस्कृतिक गुरु श्रीगोपाल प्रजापतिलाई रु १० हजारसहित सम्मान गरिने भएको छ । दिवसलाई महोत्सवका रूपमा आयोजना गरिएको श्रेष्ठले बताए । कार्यक्रममा प्याब्सनका १५ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहने छ । शङ्खधर उद्यानबाट सुरु हुने झाँकीसहितको ¥याली मध्यपुरथिमि नगरपालिका परिक्रमा गर्दै नगदेश पुगेर बोडेमा समापनपछि नृत्य प्रारम्भ हुनेछ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १० : ०७ बजे