२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै



बालुवाटारमा बसेकाे सत्तारूढ दलकाे बैठक

६ फागुन ०७८, काठमाडौं । एमसीसीको विषयमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो ।
कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दौडधुप बढेको हो ।
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ४१ बजे