१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोटोपत्रकार थापालाई पुरस्कार घोषणा



६ फागुन ०७८, काठमाडौ । ‘प्रेस चौतारी रासस पत्रकारिता पुरस्कार’ रासस केन्द्रीय कार्यालयका फोटोपत्रकार चन्द्रकला क्षेत्री (भगवती थापा) र र डडेल्धुरास्थित समाचारदाता करण ताम्राकारलाई संयुक्तरूपमा प्रदान गरिने भएको हो ।

प्रेस चौतारी नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाले यस वर्षको सम्मान र पुरस्कार घोषणा गरेको हो । सो शाखाले ‘प्रेस चौतारी रासस सम्मान’ राससका पूर्वनायबमहाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली लाई प्रदान गरिने भएको छ ।
हाल कानुन व्यवसायी एवं अनुसन्धानकर्ता रहेका नेपालीले राससमा करिब तीन दशकसम्म दिनुभएको योगदान तथा थापा र ताम्राकारले कठिन स्थितिमा सक्रियतापूर्वक समाचार एवं तस्बिर सम्प्रेषण गरेकामा पुरस्कार दिने निर्णय गरिएको शाखाले जनाएको छ । सो शाखाका संस्थापक अध्यक्ष प्रकाश सिलवालको संयोजकत्वमा पूर्वअध्यक्ष कालिका खड्का र शाखाको अधिवेशन आयोजक समितिका संयोजक शर्मिला पाठक रहेको छनोट समितिले आज उक्त निर्णय गरेको हो ।
उक्त सम्मान र पुरस्कार निकट भविष्यमा हुने शाखा अधिवेशनमा प्रदान गरिनेछ । शाखाले राससको वार्षिकोत्सवका अवसरमा हरेक वर्ष सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ । राज्यको एकमात्र समाचार समिति रासस यही फागुन ७ गते ६१औँ वर्षमा प्रवेश गर्दैछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : ०५ बजे