६ फागुन ०७८, काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका-२४ बस्ने २४ वर्षीय सागर पटेल रहेका छन् । नियन्त्रित लागूऔषध २ सय ४६ एम्पुल डाईजेपाम, २ सय ४६ एम्पुल फेनारगन र २ सय ४६ एम्पुल नुर्फिनसहित बिहीबार उनलाई प्रहरीले पक्राउ गरेको हाे । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०१७ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
६ फाल्गुन २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया