१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कीर्तिपुरमा कुटपिट गरी बुवाकाे हत्या, दुई छोरा पक्राउ



६ फागुन ०७८, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बुवामाथि कुटपिट गरी हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बिहीबार अपराह्न साढे ५ बजे कीर्तिपुर नगरपालिका–६ पाण्डेछापस्थित मादक पदार्थ सेवन गरी दुई छोराले आफ्नै बुवामाथि कुटपिट गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले ६५ वर्षीय न्हुच्छे महर्जनको हत्या गरेको आरोपमा उनका माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा ४० वर्षीय कृष्ण महर्जनलाई पक्राउ गरेको छ।

मैनालीका अनुसार छोराहरूले बुवामाथि प्रेसर कुकर तथा लोहोरो प्रयोग गरी मरासन्न हुने गरी प्रहार गरेका थिए। दुई छोराको कुटपिटबाट बुवा गम्भीर घाइते थिए। यसअघि पनि उनीहरू पटकपटक झगडा गरिरहने गरेको प्रहरीले जनाएको छ।

सो खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले घाइतेको उपचारको लागि वीर अस्पताल काठमाडौंमा पठाएको थियो।

घाइते भएका बुवाको उपचारको लागि वीर अस्पताल पठाइएको थियो। त्यहाँ उपचारको क्रममा राति साढे ७ बजे मृत्यु भएको हो।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १२ : ४५ बजे