११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर चाँगुनारायणकी सूर्यमायाले गरिन् आत्महत्या




६ फागुन ०७८, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोट शमशेर टोल बस्ने २२ वर्षीया सूर्यमाया तामाङले आत्महत्या गरेकी छन् ।
उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको जनाएको छ ।
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए । न्युज कारखाना

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ०८ बजे