१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरबाट रामेश्वर श्रेष्ठसहित एमाले लेखा आयोगमा सात सदस्य मनोनयन




७ फागुन ०७८, काठमाडौं । ललितपुर महानलक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठसहित नेकपा एमालेको केन्द्रिय लेखा आयोगमा ७ सदस्यहरु मनोनयन भएका छन् । पार्टीको आर्थिक अनुशासन कायम गराउने शक्तिशाली आयोगमा एमालले पाँच बर्षका लागि थप सात सदस्यलाई मनोनित गरेपछि आयोगले पूर्णता पाएको हो ।
एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा शुक्रबारदेखि पोखरामा तीन दिनसम्म चलेको आयोगको बैठकमा काठमाडौंबाट प्रेम प्रसाद पराजुली, जनक बराल, ललितपुरबाट रामेश्वर श्रेष्ठ, कास्कीबाट केशव बहादुर केसी, सुर्खेतबाट लिलाधर तिवारी, बाराबाट बद्री भट्राई, दैलेखबाट लक्ष्मी शाहलाई मनोनित गरिएको हो ।
एमालेको दशौ महाधिवेशनबाट निर्वाचित आयोगका अध्यक्ष प्रा.डा. पुष्पराज कडेंलले शुक्रबारै मनोनित सदस्यहरुलाई पदभार ग्रहण गराउनु भएको थियो ।
ललितपुरबाट मनोनित सदस्य रामेश्वर श्रेष्ठ हाल महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रहनुभएको छ ।
नेकपा एमाले पार्टीको लेखा प्रणालीलाई व्यवस्थित गरी आर्थिक अनुशासन र नियमनकारी निकायको भूमिका निर्वाह गर्ने आयोग अब ३० सदस्यिय पुगेको छ । आयोगका अध्यक्ष पार्टीको स्थाई कमिटि सदस्य र सदस्यहरुको केन्द्रिय कमिटी सरहको मान्यता हुन्छ । यो कमिटि पाँच बर्षका लागि हुने छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।