११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटपछि मृत्यु भएको भन्दै उजुरी




६ फागुन ०७८, भक्तपुर । भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृत्यु आत्महत्याबाट नभई कुटपिटबाट हुनसक्ने आशंका गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि शुक्रबार उजुरी हालिएको छ ।
मृतकका पतिसहित छरछिमेकले प्रहरी परिसर भक्तपुरमा शुक्रबार दिउँसो उजुरी हालेका हुन् ।
चाँगुनारायण नगरपालिका ६ नगरकोट शमशेर टोल बस्ने सूर्यमाया तामाङले आत्महत्या गरेको प्रहरीले जनाएको थियो । उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको थियो ।
तर उनका पतिसहितले आत्महत्याबाट नभई आफ्नै परिवारका सदस्यहरुको कुटपिटबाट मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीमा छानबिनका लागि उजुरी हालेका हुन् ।
स्थानीय अनिल तामाङले डोरी हाल्नै नसक्ने ठाउँंमा डोरी हालेर आत्महत्या गरेको भनी प्रहरीले जनाएको बताए । अनुहार सुन्निएको, शरीरका विभिन्न भागमा निलडाम परेकोलगायतका कारण आत्महत्या नभई कुटपिटबाट हत्या भएको आशंका लागेकाले प्रहरीमा छानविनका लागि उजुरी हालेको उनले बताए ।
मृतकका पतिले झुन्डिएको लास हेर्न पाएको थिएनन् । उनी घरबाट भक्तपुर बजार पुगेका बेला उक्त घटना भएको थियो । पति पुग्दा लासको डोरी काटिसकिएको अवस्थामा थियो । आफन्तका अनुसार मृतकको झगडा पतिका दिदीसँंग भइरहन्थ्यो । त्यसबेला कुटपिट पनि हुन्थ्यो ।
प्रहरीले भने घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकको र त्यसबाट आत्महत्या भएको देखिएको जनाएको छ । घटनासम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए । न्युज कारखाना

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ३२ बजे