७ फागन ०७८, काभ्रे । शब्दयात्रा प्रकाशन बनेपाले आज हनिबारआयोजित कार्यक्रममा काभ्रेपलाञ्चोक बनेपाका पत्रकार राजकुमार पराजुलीलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
शब्दयात्रा प्रकाशन संस्थाले स्थापनाकालदेखि नै संस्थाका गतिविधिहरु सञ्चारमाध्यमबाट प्रकाशन गरी जनसमक्ष पु¥याउन गरेको योगदानको कदरस्वरुप कदरपत्रद्वारा सम्मान गरेको हो ।
संस्थाले पत्रकार पराजुलीलाई ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान २०७८’ कदरपत्रद्वारा सम्मान गरेको हो । सो क्रममा केन्द्रविन्दु डटमकका अर्का पत्रकार ज्ञानमणि नेपाल (कालोटोपी) लाई पनि कदरपत्रद्वारा सम्मान गरेको छ ।
‘शब्यदात्रा प्रकाशनले पत्रकारिताको क्षेत्रबाट संस्थाको गतिविधिहरु प्रकाशन गरी जनसमक्ष प्रसार गर्न महत्वपूर्ण योगदान प¥याउँदै आएका दुईजना सक्रिय सञ्चारकर्मीहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।” प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले भने, “हरेक वर्ष विभिन्न राष्ट्रिय व्यक्तित्वहरुलाई १८ विधामा सम्मान गर्दै आएका छौँ ।” उनका अनुसार हरेक वर्ष चार जिल्लाका चारजना विशिष्ट व्यक्तित्वहरुलाई पुरस्कृत, काभ्रेपलाञ्चोक जिल्लाका दुईजना पत्रकारलाई हरेक वर्ष कदरपत्र प्रदान, पत्रकारिता विषय अध्ययन गर्ने महिला, विकलाङ्ग विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ । आगामी वर्षदेखि एकजना फोटो पत्रकारलाईसमेत कदरपत्रद्वारा सम्मान गर्ने भएको अध्यक्ष मञ्जुश्रीले बताए । कदरपत्रद्वारा सम्मान गर्ने व्यवस्था शब्दयात्रा प्रकाशनका संस्थापक सञ्चालक सदस्य हरिगोपाल प्रधानले गर्दै आएको छ ।.
यसैबीच संस्थाले यो वर्ष शब्दयात्रा विकलाङ्क विद्यार्थी छात्रवृत्ति बनेपा नालाका सुजन विकलाई वितरण गरेको छ । नालास्थित चण्डेश्वरी माध्यमिक विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थी विकलाई नगद आठ हजार प्रदान गरेको हो । शारीरिक रुपमा विकलाङ्क र आर्थिक रुपमा विपन्न तथा अध्ययनमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको संस्थाका अध्यक्ष मञ्जुश्रीले बताए ।
प्रतिक्रिया