८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कमल थापाद्वारा राप्रपा नेपाल घोषणा



७ फागुन ०७८, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा थापाले लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने र आफूहरुलाई पाखा लगाउने काम गरेपछि बाध्य भएर राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुगेको समेत बताए ।

उनले आदर्श मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरिएपछि नयाँ अभियानको सुरुवात गरेको बताए ।

उनले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता पनि जनाए ।

अध्यक्ष थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालिन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अव आफूले कहिल्यै धोका नदिने पनि बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : ११ बजे