८ फागुन ०७८, नुवाकोट। नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते भएका छन्।
किस्पाङ गाउँपालिका–३ किटनी बगर नजिकै बस दुर्घटना हुँदा ५६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आइतबार बिहान कृष्णा गाउँपालिका १ साल्मेबाटबाट जाँदै गरेको बागमती प्रदेश ३/०१/०६ ख १५४१ नम्बरको बस किटनी बगर नजिक बाटोभन्दा २० मिटर तल खसेर दुर्घटना भएको हो।
बस ओभरलोडका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ७ जना गम्भीर घाइते छन्। उनीहरूमध्ये एक जनालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ।
प्रतिक्रिया