१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इँटाभटामा काम गर्ने आठ वर्षीया बालिकाको मृत्यु




८ फागुन ०७८, भक्तपुर । भक्तपुुरको सुडालमा भएको दुर्घटनामा परी एक आठ वर्षीया बालिकाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–८ सुडाल रानीबारीमा इँटाभटामा काम गर्ने विनिता मगरको मृत्यु भएको हो ।
सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा४ख ७३५२ नम्बरको टिपरले पैदलयात्री काभ्रे महाभारत गाउँपालिका २ घर भई हाल सुडालस्थित द्यः इँटाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी छोरी आठ वर्षकी मगरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मृत्यु भएको हो ।
उपचारका लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेर प्राथमिक उपचारपछि थप उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा आइतबार सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक भक्तपुर नगरपालिका ८ जेला बस्ने २७ वर्षका राजेश कुस्मा र दुर्घटनामा संलग्न सवारीसाधन महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : १० बजे