६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा भोटर बटुल्दै एमाले



९ फागुन ०७८, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम शंखुमा ४ दर्जन स्थानीयलाई पार्टीमा प्रवेश गराएको भोलिवल्ट आइतबार ललितपुर महानगरमा झण्डै २ दर्जन स्थानीय एमालेमा प्रवेश गरेका छन् । सरकार बैशाख ३० गते स्थानीय निर्वाचन घोषणा गरेसँगै एमाले पार्टीमा भोटर बटुल्नतर्फ लागेको छ ।
आइतबार ललितपुर महानगरपालिकाको २० नम्बर वडाबाट नेपाली काङ्ग्रेस र माओवादी परित्याग गरी २१ जना स्थानीय नेता कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका हुन्।
उनीहरुलाई ललितपुर जिल्ला सहइन्चार्ज हरिकृष्ण व्यंजनकार र जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पार्टीमा प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिएर अघि बढ्ने केन्द्रिय सदस्य हरिकृष्ण व्यञ्जनकारले बताए । उनले भने, ‘अहिले एमालेमा आउन सबै पार्टीका कार्यकर्ताहरुमा आर्कषण देखेको छु । हामी पार्टी प्रवेश गर्ने सबैलाई स्वागत गर्न आतुर छौं ।’

ललितपुर एमाले अध्यक्ष पुरुषोत्तम आचार्यले आफूहरु ललितपुरका सवैपालिकाहरुमा एमालेलाई जिताउन लागि परेको बताए । उनले भने, ‘हामी नेतृत्वमा आएदेखि राम्रो काम गरिरहेका छौं । मैले भोलिका दिनहरु सुखद देखि रहेको छु ।’

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : १२ बजे