७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको नङ्खेल र काठमाडौंको छैमलेमा १\१ जना मृत फेला




९ फागुन ०७८, काठमाडौं । काठमाडौंको छैमले र भक्तपुरका नङ्खेलमा एक एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं दक्षिणकाली नगरपालिका ८ केरावारीस्थित भिरमा सोही नगरपालिका ८ केराबारी छैमले बस्ने २५ वर्षीय दिपेश तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका ९ नङ्खेल भाराली खोलामा हाल नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ३९ बजे