१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंसहित पाँच जिल्ला अझै कोरोनाको ‘रेड जोन’ मा



१० फागुन ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले नेपालमा ११ हजार दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। यी मध्ये ५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लालाई रेड जोनको रुपमा हेरिन्छ। यसरी ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा मोरङ, काठमाडौं, ललितपुर, कास्की र कैलाली रहेका छन्।

यस्तै १० वटा जिल्लामा २०० भन्दा बढी कोरोना संक्रमित उपचाररत छन् । ति जिल्लाहरुमा झापा,सुनसरी,धनुषा, सिरहा सप्तरी,भक्तपुर, चितवन, काभ्रे, बाँके र रुपन्देही रहेका छन्।

सोमबार तीन सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।