३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा राष्ट्रिय परिचयपत्र दिन प्रशासनका टोली टोलमै आउने




१० फागुन ०७८, ललितपुर । ललितपुर जिल्लाका टोल तथा वडा स्तरमा राष्ट्रिय परिचयपत्र वितरण अधियान सुरु हुने भएको छ ।
सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउने नागरिकको चाहना र जिल्ला प्रशासन कार्यालयमा भिडभाड हुन थालेपछि नागरिकलाई सुविधा हुनेगरी टोल वडास्तरबाटै विवरण संकलन गर्न लागिएको हो ।
ललितपुर जिल्लामा राष्ट्रिय परिचयपत्र अभियान शुरू गर्ने क्रममा आज मंगलबार गोदावरी नगरपालिका अन्तरक्रिया गरिएको छ । गोदावरि नगरपालिकामा विहीबारदेखि परिचयपत्रको अभियानको रूपमा विवरण संकलन सुरु हुदैछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।