६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तत्कालीन वन अधिकृत घिमिरेसहित चार जना विरुद्ध भ्रष्टचार मुद्दा



१० फागुन ०७८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सिमरा बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसमेत ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । घिमिरे सहित चार जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले आरोप–पत्र दायर गरेको हो ।

आयोगका अनुसार उक्त वन कार्यालयका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम विरूवासमेत वृक्षारोपण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरीबारे अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय, बाराले आर्थिक वर्ष २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नगरपालिका स्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम तीन लाख ६० हजार हिनामिना गरेको पुष्टि भएको छ । सो कार्यमा तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल र सहलेखापाल जनक राज जोशी पनि संलग्न रहेको आयोगको भनाई रहेको छ ।

प्रचलित सार्वजनिक खरिद ऐन व्यवस्थाविपरीत तोक आदेश, रकम भुक्तानी दिन कार्यालय प्रमुखसमक्ष सिफारिस एवं तोकआदेशका आधारमा सम्झौता रकमको सतप्रतिशत रकम भुक्तानी दिएको थिए । सोही आधारमा तीन लाख ६० हजार सरकारी सम्पत्ति हानिनोक्सानी हुन गएको पुष्टि हुन आएकोचार जना विरुद्ध सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।