१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कुटेर मारियो ७० वर्षीय वृद्ध




१० फागुन ०७८, कपिलवस्तु । शिवराज नगरपालिका ३ खगेन्द्रपुरस्थित छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका ६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको छ ।
शिवराज नगरपालिका ३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटियामा सुतेको अवस्थामा फागुन २ गते दाउराले कन्चटमा प्रहार गर्दा घाइते भएका टन्डनको स्थानीय अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।