८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर फुटबल क्लब र गोल्मढी विजयी



११ फागुन ०७८, भक्तपुर । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप फुटबलको मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु भएका छन् ।
मंगलबारको दुईवटा खेलमा आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र भक्तपुर फुटबल क्वल (भक्तपुर एफसी) विजयी भएका छन् ।आयोजक भक्तपुर युवा टिमले बनेपा व्वाइज क्लबलाई १–० ले हराएको थियो । विजेताकोतर्फबाट क्रिजल खडकाले गोल हानेका थिए ।
दोस्रो खेलमा भक्तपुर एफसीले छोर्गान फुटबल क्लबलाई १–० ले नै पराजित गरेको हो । भक्तपुर एफसीकोतर्फबाट खेल सुरु भएको ५८ औँ मिनेटमा अजय चौधरीले गोल गरेका थिए । खेल स्थानीय महेश्वरी खेल मैदानमा भइरहेको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १२ : ११ बजे