९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नुवाकोटमा सुन पसल फोरेर करोडौको सम्पती चोरी




१२ फागुन ०७८, नुवाकोट । नुवाकोटमा एक सुन पसल फोरेर करोडौंको सम्पती चोरी भएको छ ।
प्र्रहरीका अनुसार नुवाकोटस्थित लिखु गाउँपालिका १ ढिकुरे बजारस्थित ढलकबहादुर विश्वकर्माको आफ्नै घरमा रहेको सुन पसल चोरी भएको हो । उनको घरको पछाडीको ढोकाको ताला फोडी पसलमा रहेको सुन २ किलो, चाँदी १० किलो र नगद ३ लाख समेत गरी करिब १ करोड ७० लाख रुपैयाँ मूल्य बराबरको धनमाल गएराति चोरी भएको हो ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ८ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।