२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुपाल्चोकमा लिस्तीकोट दुगुनागढी माउण्टेन दौड हुँदै




१२ फागुन ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा न ३ स्थित सुख्खा बन्दरगाहादेखि लिस्तीकोट हुदै दुगुनागढीसम्म साढे २४ किलोमिटरको माउण्टेन ट्रेल रेस प्रतियोगीता यो वर्ष फागुन २१ गते हुने भएको छ। ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तिमाई र दुगानागढीको प्रचार प्रसार एवम् संरक्षण गर्ने उदेश्यले ट्रेल रेसको आयोजना गदै आएको हो ।
नेपाली सेनाको गोरखबक्स गण र भोटेकोशी गाउँपालिकाको आयोजनामा दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड प्रतियोगीतामा देशभरका खेलाडीहरु सहभागीता रहने नेपाली सेना गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए । नेपाल तिब्बतबीच पहिलो पटक सन १७८८, दोस्रो पटक १७९२ र तेस्रो पटक सन १९८५ मा भएको युद्धको बेला भोटेकोशी गाउँपालिकाको लिस्तीमाइको दर्शन गरेर नेपाली फौजहरु लडाइमा गएको इतिहासमा उल्लेख छ ।
लिस्तीमाइको दर्शन गरेर दुगनागढीबाटै तिब्बतसँग लडाई लडेकोले दुगानगढीलाई ऐतिहासिक किल्लाको रुपमा लिने गरिएको छ । ऐतिहासिक एवम् सामरिक महत्वको क्षेत्र भएपनि त्यसको संरक्षण र उचित प्रचार प्रसार नभएको भन्दै नेपाली सेनाले यस अघि नै यस्ता ऐतिहासिक क्षेत्रको संरक्षणका लागि विविध कार्य गर्दै आएको छ । ऐतिहासिक महत्व बोकेको लिस्तीकोट र दुगानागढीलाई दौडको बाटो मार्फत वर्तमान र भावी पुस्तालाई इतिहासको जानकारी दिने उदेश्यले गत वर्षबाट प्रतियोगीता आयोजना गरिएको गणपति श्रेष्ठको भनाई छ ।
ट्रेल रेसमा खुला, महिला खुला र सिन्धुपाल्चोक जिल्लाबासी गरेर तिन विधा समावेश गरिएको छ । खुला तर्फ पहिलो हुनेले नगद १ लाख १० हजार,दोस्रो ७५ हजार, तेस्रो ५५ हजार, चौथो ४० हजार, पाँचौ ३० हजार र छैठौ पुरस्कार नगद २० हजार रुपियाँ रहेको छ । त्यस्तै महिलातर्फ पहिलो हुनेले ६० हजार, दोस्रो ३५ हजार र तेस्रो हुनेले २० हजार रुपियाँ पाउँने छन् ।
जिल्लाबासीको लागि भने पहिलो हुनेले नगद ३० हजार, दोस्रो २० र तेस्रो हुनेले १५ हजार पुरस्कार पाउँने छन् । ट्रेल रेस प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुले फागुन १९ गतेसम्म दर्ता गरिसक्न सेनाले देशभरका खेलाडीहरुलाई अनुरोध गरेको छ । दर्ता निशुल्क हुने र सिन्धुपाल्चोकस्थित नेपाली सेनाको चौतारा ब्यारेक, जलेटार ब्यारेक, बाह्रबीसे, झिर्पु र लामोसाँघु ब्यारेकमा दर्ता गर्न सकिने सेनाले जनाएको छ ।
संभावित जोखिमलाई मध्य नजर गरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले प्रतियोगिताको अवधिभरमा मात्र लागु हुने गरि रु पाँच लाख बराबरको बिमाको व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : ५१ बजे