१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


छम्पिमा एकदिने निःशुल्क पशु स्वास्थ्य शिवर




१४ पुस ०७८, ललितपुर । गोदावरी नगर ९ छम्पिदेवी माध्यमिक बिद्यालयको प्रङ्गाणमा एक दिने निःशुल्क पशु स्वस्थ्य तथा बांँझोपन निवारण शिविर सम्पन्न भएको छ । गोदावरी नगरपालिका पशु सेवा शाखा ललितपुरले आयोजना गरेको उक्त कार्यक्रममा १९१ घरधुरीका किसानहरुको घरगोठमा पालिएका गाई,भैंसी,थोरे,कोरली ,बाख्रा ,पाडापाडि,बाच्छाबाच्छी, हांस,कुखुरा,कुकुर,खरायो बिरालो, कालिजलगायतलाई उपचार संगै निःशुल्क औषधि वितरण गरिएको छ ।
गोदावरी नगरपालिका पशु सेवा शाखाले विभिन्न स्थानमा पशु स्वास्थ्य शिविर संन्चालन गर्दै आएको र आगामी दिनहरुमा यस्ता कार्यहरुलाइ निरन्तरता दिने कुरा पशु सेवा शाखा प्रमुख ईश्वर घिमिरेले बताएका छन् । घिमिरेले पशु सेवा उपचार मा संलग्न सरकारी तथा प्राईभेट रुपमा रहेका प्राविधिकहरुलाई एक ढिक्का बनाउदै हरेक कार्यक्रममा सबैलाई बराबरी मान्यताका साथ अगाडि बढाउदै लगेकाले सन्चालन गरेका हरेक कार्यक्रमहरु ले सफलता पाउदै आएको कुरा प्राईभेट पारा भेटेनरी प्राविधिकहरुले बताए ।

कृषकको उत्साहजनक सहभागिताले उक्त शिबिरको रौनकता अझ धेरै बढाएको थियो । कार्यक्रममा कृषकको साथसाथै जनप्रतिनिधिहरु गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन ,उप–प्रमुख मुना अधिकारी ,वडा ०९ वडा अध्यक्ष आत्माराम थापा को साथै उक्त विषयमा ज्ञान , सीप , क्षमता तथा दक्षता हासिल गरेका विशेषज्ञ भेटेरिनरी डाक्टर तथा प्रविधिकहरुको संलग्नतामा सञ्चालन गरिएको थियोे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : ११ बजे