८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस   



१८ फागुन ०७८, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले गरेकाे विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो । एमालेले संसद्को चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : १४ बजे