१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको डोलेश्वर शिव मन्दिरबाट साधुसन्तलाई दक्षिणा दिएर बिदा




१९ फागुन ०७८, भक्तपुर । शिवरात्री मनाउन भक्तपुरको डोलेश्वर महादेव मन्दिर आएका साधुसन्तलाई दक्षिणासहित भोजन भोजन गराएर बिदाई गरिएको छ ।
महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा दिएर बिदाई गरिएको हो ।
डोलेश्वर दर्शन गर्न यो वर्ष दुई सय २४ साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिए । डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराएको अध्यक्ष चालिसेले बताए ।
’क’ वर्गका साधुसन्तलाई १ हजार १ सय, ’ख’ वर्गलाई ७ सय र ’ग’ वर्गलाई ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, एक थान धोती प्रदान गरिएको उनले बताए ।
डोलेश्वरमा महाशिवरात्रि पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्त आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरिदिएको थियो ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।