८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा भेटिए विना दर्ताका पसल



बजारमा कालोबजारी भएको गुनासो आएपछि भक्तपुर नगरपालिकाले कमल विनायक क्षेत्रका शुक्रबार बजार अनुगमन गर्दै । तस्वीर : रमेश गिरी\रासस

२१ फागुन ०७८, भक्तपुर । भक्तपुरमा विना दर्ता पसलहरु सञ्चालन गरिएको पाइएको छ ।
अनुगमनका क्रममा डि.एम.सी. किचेन, दुनोट पसललगायत अन्य पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । तीन दिनभित्र दर्ता गर्ने, ग्राहकलाई भ्याट बिल दिने व्यवस्था गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।
अनुगमनको क्रममा कमल विनायक स्थित बेष्ट भेराइटीबाट म्याद नाघेको सामान जुस, आँटा, रोजमेरी, भ्यासिलिन, बिस्कुट, चिप्स, ल्याक्टोजेन, सेरलेक, फाण्टा जफत गरी नष्ट गरिएको जानकारी दिइएको छ ।
बजारमा कालोबजारी भएको गुनासो आएपछि भक्तपुर नगरपालिकाले नियमित झै पुनःबजार अनुगमन सुरु गरेको हो । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक क्षेत्रका आठ वटा पसलमा गरिएको अनुगमनमा म्याद गुज्रेका र अस्वस्थ्य खाद्यान्न नष्ट गरिएको छ ।
अनुगमनको क्रममा अधिकांश पसलमा मूल्य सूची नराखेको, मनोमानी मूल्य लिएको, खाद्य विभागबाट अनुमति नलिई जथाभावी मिति राखेर प्याकेजिङ गरिएको, म्याद गुज्रेका खाद्य सामान बिक्री कक्षमा राखिएको, ढक तराजु नवीकरण नगरेको, पसल दर्ता नगरेको, पसलमा जथाभावी फोहर गरिएका, कामदारलाई एप्रोन, हेयरनेट र ग्लोब प्रयोग बताइएको छ ।
नगरपालिकाले मार्केट प्लेस प्रालिमा म्याद नाघेका सौन्दर्यका सामान बिक्रीमा राखिएको, मेगा मार्टमा जथाभावी राखेको, म्याद नाघेका सामान बिक्री कक्षमा राखेको भेटेको बताएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ०४ बजे