११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना सङ्क्रमित संख्या घटेर आईपुग्यो सयभन्दा कम




२१ फागुन ०७८, काठमाडौं । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण एक सयभन्दा कम पुष्टि भएको छ । देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार २२० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार ४४७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ५४९ रहेको छ । पछिल्लो समय थप ३६२ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ५८ हजार ५५५ पुगेको छ । निको हुने दर ९८ दशमलव एक प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा यस रोगबाट हुने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो समय दुई लाख ८६१ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ९४७ रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।