११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


श्वेतकाली मेलाका लागि काठमाडौँ महानगरले दियो २८ लाख




२२ फागुन ०७८ काठमाडौँ । काठमाडौं महानगरले श्वेतकाली १२ वर्षे मेलाका लागि २८ लाख दिने भएको छ ।
यस बर्ष चैत १४ गतेदेखि श्वेतकालीको १२ बर्षे मेला सुरु हुनेछ । मेलाका क्रममा उपत्यकासहित बनेपालगायत ठाउँमा गएर श्वेतकालीको नाच प्रदर्शन हुनेछ ।
महानगरले १२ बर्षे श्वेतकाली मेलाका लागि २८ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसमध्ये मेयर शाक्यले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजलाई पेश्कीस्वरुप १६ लाख ८० हजार रुपैयाँको चेक प्रदान गर्नुभयो । त्यसै अवसरमा शाक्यले गुठीका मुल धामी एवम परम्परागत न्यतः टोलका पूर्व नाइके स्व. लक्ष्मीनारायण महर्जनको शालिक अनावरण गरेका थिए । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले, काठमाडौँको इतिहास बचाएर जीवन्त सांस्कृतिक सहर बनाउने अभियानमा आफू निरन्तर लागिरहेको बताउनुभएको छ । महानगरको १८ नम्बर वडामा आयोजना गरिएको न्यतभुलु अजिमा (श्वेतकाली) मेलाका लागि आर्थिक सहयोग उपलब्ध गराउने तथा लक्ष्मीनारायण महर्जनको शालिक अनावरण गर्ने कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका हुन् ।
कार्यक्रममा मेयर शाक्यले, समय र परिस्थितिले परम्परागत जात्रा, पर्व सञ्चालन गर्न खर्च बढेको बताउँदै खर्च नभएकैकारण कुनै पनि जात्रा पर्व रोकिन नदिने बताएका छन् ।
‘सम्पदा संरक्षणका लागि अहिले जति काम भएका छन् । हाम्रो क्षमताले त्योभन्दा धेरै गर्न सक्थ्यो ।’ निकायगत समन्वयमा समस्या भएको बताउँदै मेयर शाक्यले, पुरातत्व विभाग र गुठी संस्थानबाट आवश्यकताअनुसार सहयोग नपाएपछि स्रोत भएर पनि जीर्ण सम्पदाको संरक्षणमा काम गर्न नसकिएको उल्लेख गरे ।
त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, स्थानीय सरकारको प्रमुख जिम्मेवारी स्थानीय भाषा, कला, साहित्य र सिर्जनाको संरक्षण गर्ने भएकोले त्यसैअनुसार काम भइरहेको बताएका थिए ।
गुठी परम्परालाई महानगरले गर्ने सहयोगका विषयमा कुरा गर्दै वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले यस्ता गुठी वडामा मात्र दर्ता भए पुग्ने बताए । शालिक निर्माणको सन्दर्भ उठाउँदै महर्जनले, १८ वडामा बसोबास भएका आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरुको शालिक बनाउने काम भइरहेको जानकारी दिए । करिव २ लाख लागतमा लक्ष्मीनारायण महर्जनको शालिक बनाइएको हो । लक्ष्मीनारायणसँगै नारायण गोपाल, चित्तधर हृदय, शंखधर शाख्वालगायत व्यक्तित्वहरुको शालिक निर्माण भइरहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १२ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।