५ माघ २०८२, आइतबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


६८ जनामा कोभिड सङ्क्रमण तर जोखिम कायमै रहेको चिकित्सकको भनाई




२२ फागुन ०७८, काठमाडौं । मुलुकमा कोभिड १९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको चिकित्सकहरूले बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ९२९ जनाको परीक्षण गरिएकामा ६८ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ५८३ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
त्यसैगरी बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९४७ पुगेको छ । हाल देशभर छ हजार ४६१ जना सक्रिय सङ्क्रमित रहेका र १०८ जना क्वारेन्टिनमा बसेका छन् ।
पछिल्ला २४ घण्टामा ८८ हजार ५६६ जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले बताएको छ । खोप अभियान सुरु भएयता तीन करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप लगाइसकिएको छ भने एक करोड ८५ लाख २७ हजार १९० जनाले पहिलो मात्रा खोप लगाएका छन् । एक करोड ७८ लाख ७६ हजार २२३ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १३ लाख १८ हजार ४३७ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।