११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्ची प्रभावित क्षेत्रका विकासमा छुट्ट्याइएको बजेट निकासा गर्न माग



मेलम्ची खोला शनिबार हेलिकप्टरबाट देखिएको मेलम्ची खोलाको दृश्य । तस्वीर : नारायण ढुङगाना\रासस

२३ फागुन ०७८, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले प्रभावित क्षेत्रको विकासका निम्ति छुट्टयाइएको बजेट तत्काल निकासा गराउन माग गरेको छ ।
सरोकार समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजना प्रभावित क्षेत्रको विकासको निम्ति नियमितरूपमा मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराउँदै आएको सामाजिक उत्थान कार्यक्रम सञ्चालनअन्तर्गतको बजेट तत्काल उपलब्ध गराउन गरेको हो ।
समन्वय समितिका संयोजक उपेन्द्र तामाङले जोखिममा रहेका तटीय क्षेत्रका बस्तीको संरक्षणका लागि आवश्यक बजेट तत्काल आयोजनाबाट उपलब्ध गराउन माग गरे । “मेलम्ची नदीमा आएको बाढीले ठूलो धनजनको क्षति पु¥याएको अवस्था छ, नदी किनारको बस्ती झनै जोखिममा रहेकाले नदीलाई पुरानै धारमा बगाउन, मेलम्ची र ईन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा पाँच मिटर खोला गहि¥याउनुपर्ने अवस्था छ”, उनले भने ।

उनले मेलम्ची र ईन्द्रावती नदी किनारका बस्ती तथा खेतीयोग्य जमीन ठूलो मात्रामा कटान भएकाले सो क्षेत्रको जमीन संरक्षण र खेतीयोग्य जमीन बनाउनका लागि मुहानदेखि सीपाघाट भीमटारसम्म आयआर्जनका कार्यक्रम सञ्चालन गर्न माग गरे । संयोजक तामाङले सरकारले स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ तथा सार्वजनिक पूर्वाधार निर्माण एवं संरक्षणका लागि मेलम्ची ईन्द्रावती नदी करिडोर एकीकृत विकास आयोजनाका रूपमा एक विशेष दीर्घकालीन आयोजना सञ्चालन गर्नुपर्ने बताए।
हेलम्बु बाढीपीडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीले जोखिममा रहेका आयोजना प्रभावित क्षेत्रका बस्तीलाई संरक्षण गर्न सम्झौता भए पनि काम नभएको बताए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।