८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मीमा निर्वाचन लक्षित बुद्धिजिवी युवा परिषद गठन




२४ फागुन ०७८, ललितपुर । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर महालक्ष्मी नगरपालिकाभित्र बुद्धिजिवी युवा परिषदको गठन भएको छ । महालक्ष्मी नगर वडा नं १ कमिटिले चुनाब लक्षित कार्यक्रमलाई नगरभित्र सक्रिय बनाउन महालक्ष्मीभित्रका बुद्धिजिवी युवाहरुलाई समेटेर ‘बुद्धिजिवी परिषद’ गठन गरेको हो ।
मंगलबार ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुद्धिजिवी भेला कार्यक्रम २०७८ का क्रममा सो परिषदको गठन गरिएको हो ।
नवगठित बुद्धिजिवी युवा परिषदमा समेटिएका महालक्ष्मी वडा नं १ का बुद्धिजिवी युवाहरुलाई महालक्ष्मी नगरपालिका नगरप्रमुख रामेश्वर श्रेष्ठले खादा लगाएर सम्मान गरेका थिए । नगरप्रमुख श्रेष्ठले महालक्ष्मीका १ नं वडालगायत १० ओटै वडामा बुद्धिजिवी युवा परिषद गठन गरेर सक्रिय बनाउँदै लैजाने जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले नगरभित्रका नगरबासीहरुलाई रोशी खोलाको शुद्ध पानी खुवाउँने लक्ष्य रहेपनि बर्तमान सरकारले बजेट कटौती गर्दै गरेको गुनासो गरे । ‘एमालेलाई चारैतिरबाट प्रहार गरिएको छ’ उनले भने, ‘यस्का लागि युवा वर्ग,बुद्धिजिवी वर्ग र महिला वर्गले पार्टीलाई सहयोग पुर्याउन अनुरोध छ ।’
कार्यक्रममा एमाले महालक्ष्मी नगर ईन्चार्ज तथा वडा नं ५ का अध्यक्ष राजकुमार सिलवाल, नगर अध्यक्ष हरिगोविन्द श्रेष्ठ, अनेमसंघकी नगर अध्यक्ष आशा राई, युवा संघका नगर अध्यक्ष सुजिब बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष राजकुमार शिलवाललाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।