२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मुपुज्वगणेश मन्दिर पुनःनिर्माण   



२४ फागुन ०७८, भादगाउँ ।   भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित मुपुज्वगणेश मन्दिर पुनःनिर्माण गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले उक्त मन्दिर पुनःनिर्माण गरेको हो । मन्दिर पुनःनिर्माणका लागि रु ३७ लाख ४४ हजार ६०४ खर्च भएको मुपुज्व टोल सुधार समितिका सचिव कृष्णगोविन्द मूलगुठीले जानकारी दिए । उनले मन्दिर निर्माणमा रु ३७ लाख ४४ हजार ६०४ खर्च भएकामा विभिन्न सङ्घसंस्था र दाताहरुबाट रु २६ लाख ६७ हजार सहयोग प्राप्त भएको बताए ।
उक्त मन्दिर आज उद्घाटन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले पुनःनिर्माण तथा जीर्णोद्धार भएका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाको निरन्तर संरक्षण र मर्मत गर्नुपर्नेमा जोड दिनुभयो ।नगरको विकास निर्माणमा जनताको साथ र सहयोगले थप हौसला प्रदान गर्नाका साथै चौतर्फी विकास निर्माणमा मद्दत पुगेको चर्चा गर्दै उहाँले नगरपालिकाले उपभोक्ता समितिमार्फत पुरानो प्रविधि प्रयोग गरी मौलिक शैलीमा यहाँका सम्पदाहरुलाई पुनःजीवन दिने काम गरिरहेको बताए ।

वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी सर्वसाधारणको निम्ति खुल्ला भएको, भाजुपोखरी पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेको र नःपली सिर्जना नगरको इसानेश्वर मन्दिर मौलिक शैलीमै निर्माण गर्ने तयारी भएको जानकारी दिनुभयो। इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदा जीर्णोद्धार र पुनःनिर्माणमा भक्तपुर नपासँग सहकार्य गरी काम गर्ने अवसर मिलेकोे बताए ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ४ : ०३ बजे