८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सल्लाघारीमा गणेश मन्दिर २६ लाख उठाएर निर्माण




२४ फागुन ०७८, भक्तपुर । भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर २६ लाख रुपैया चन्दा संकलन गरेर पुनर्निर्माण गरिएको छ । मन्दिर निर्माणका लागि ३७ लाख खर्च भएकोमा २६ लाख रुपैयाँ चन्दाबाट संकलन भएको छ ।
मंगलबार भएको मन्दिर उद्घाटन र शिलापत्र अनावरण कार्यक्रममा मुपुज्व टोल सुधार समितिका सचिव कृष्णगोविन्द मुलगुठीले मन्दिर निर्माणबारे जानकारी तथा आयव्यय प्रस्तुत गर्दै मन्दिर निर्माणमा जम्मा ३७ लाख ४४ हजार ६०४ रुपैयाँ खर्च भएको जानकारी दिए । उनले मन्दिर निर्माणका लागि विभिन्न संघसंस्था र चन्दादाताबाट २६ लाख ६७ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको बताए ।
उनले मन्दिर पुनर्निर्माणमा १० हजार रुपैयाँभन्दा माथिको सहयोग गर्ने संघसंस्था तथा दाताको नाम शिलापत्रमा उल्लेख गरेको उल्लेख गरे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मुपुज्व टोल सुधारको पहल, भक्तपुर नपा र स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा गणेश मन्दिर पुनर्निर्माण भएकोमा खुसी व्यक्त गरे ।
भक्तपुर नगरपालिका १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी सर्वसाधारणको निम्ति खुल्ला भएको, भाजुपोखरी पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेको र नःपली सिर्जना नगरको इशानेश्वर मन्दिर मौलिक शैलीमै निर्माण गर्ने तयारीमा जुटेको बताए ।
इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरका सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरू जीर्णोद्धार र पुनर्निर्माणमा भक्तपुर नपासँग सहकार्य गरी काम गर्ने अवसर मिलेकोमा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरको सांस्कृतिक पुनर्जागरणमा भक्तपुर नपाले गरेको काम उल्लेखनीय भएको बताए । न्युज कारखाना

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।