८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२५ फागुन ०७८, भक्तपुर । भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।